२०८१ बैशाख १४, शुक्रबार    

बानियाँद्वारा गढीमा स्ल्याव ढलानको शिलान्यास

२०८० जेठ १३, शनिबार २०:१७ बजे

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुर गढी गाउँपालिका ६ स्थित भालुखोलाबाट ठूलोसल्ले जाने करिव १२ सय मिटर स्ल्याव ढलानको शिलान्यास गरेका छन् ।

मकवानपुर गढी गाउँपालिका ६ का वडाअध्यक्ष कृष्णप्रसाद बजगाईको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा शनिबार ठूलोसल्लेमा सडक शिलान्यास कार्यक्रम भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नेता बानियाँले संघीयताले गाउँ÷गाउँमा विकासनिर्माण र जनतालाई उत्पादनमुखी कार्यमा लाग्न प्रेरित गरेको बताउँदै प्रदेश सरकारबाट वडाको विकासनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्घता जनाए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, कांग्रेस नेता यतिराज सापकोटा, मकवानपुरगढी ५ का वडाअध्यक्ष दीपेश दाहाल, कांग्रेस मकवानपुरगढी गाउँपालिका ६  का वडा सभापति केदारनाथ चौलागाईं, निर्माण व्यवसायी मनोहर घिमिरेलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

मकवानपुरगढी ६ भालुखोलाबाट ठूलोसल्लेसम्म नेता बानियाँको विशेष पहलमा करिव १२ सय मिटर स्ल्याव बाटो बागमती प्रदेश सरकारको ५० लाख समपुरक अनुदान र गाउँपालिकाको ५० लाख गरी एक करोडबाट काम सुरु गरिएको हो ।