२०८३ कार्तिक २, आईतबार    

चुनावको मुखमै माओवादी वडा सचिव एमाले प्रवेश

२०७८ चैत्र २०, आईतबार १६:१८ बजे

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका–१४ का वडा सचिव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार एमाले हेटौंडा–१४ द्वारा आयोजित कार्यक्रममा माओवादीका सचिव नेमा पाख्रीनसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा वडा कमिटीका सहसचिब कमल रुम्बा, सदस्यहरु बिक्रम मोक्तान, जीवन लामा, अभिशेक मगर वाईसिएल नगर सदस्य थोप्चेन लामा एमाले प्रवेश गरेका हुन् । हेटौंडा–१४ का वडाअध्यक्ष दीपक खडकाको पहलमा उनीहरु प्रवेश गरेका हुन् । खड्का पनि माओवादीबाट निर्वाचित भएका थिए । नेकपा विभाजनसँगै उनी एमालमै बसेका हुन् ।

नेकपा एमाले अध्यक्ष एकालाल श्रेष्ठ, सचिवालय सदस्य एवम् एवम् नगर ईन्चार्ज सुनिल मोक्तान सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख ध्रुबप्रसाद चौलागाई, सचिवालय सदस्य मदन दाहाल, जिल्ला सदस्य दिपक खड्का लगायतका नेताले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले एमाले युवाहरुको भरोसा र आकर्षणको केन्द्र बनेको बताए । युवाहरुले विकासमा नेतृत्व लिनुपर्ने नेता रानाको भनाई थियो ।