२०८३ जेठ २०, बुधबार    

युवा संघ भीमफेदीद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

२०८१ माघ ८, मंगलबार १३:४४ बजे

हेटौंडा/ राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटीले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।

युवा संघ भीमफेदी गाउँपालिका अध्यक्ष बादल सिलवालको नेतृत्वमा बाराही माविका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई स्वेटर सहयोग गरिएको हो ।
भीमफेदी–४ स्थित बाराही माविका विद्यार्थीलाई विद्यालयसँग समन्वय गरी स्वेटर वितरण गरिएको अध्यक्ष सिलवालले जानकारी दिए ।

संघले विभिन्न सामाजिक क्रियाकलाप आयोजना गर्दै आइरहेको छ ।