२०८१ बैशाख २०, बिहीबार    

हेटौंडामा विदेशी खेलाडीको दबदबा

२०८० मंसिर १३, बुधबार १८:५९ बजे

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० को उद्घाटन दिनमा विदेशी खेलाडीले आफ्नो दबदबा कायम गरेका छन् ।

बुधबार पहिलो राउण्डमा भारतीय खेलाडी सुबयण कुण्डु, अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, बंगलादेशी अबु सुफियन सकील, आइएम महमद मिजाउादिन, शेख नाजिर, देवराज चटर्जी, महमद सरिफ हुसैन, नाएम हक तथा श्रीलंकन खेलाडी सचिनी राणाशिंघे विजयी भएका छन् ।

नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवाल तथा सुश्रुत दाहाललगायत शीर्ष खेलाडी विजयी भएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंकाका ८६ खेलाडीको सहभागिता रहेको छ ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा पााच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीले स्वीस लिग प्रणाली अन्तर्गत ९ राउण्ड खेल खेल्नेछन् ।

नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाका अनुसार प्रतियोगितामा प्रथमलाई १ लाख २५ हजार, दोस्रोलाई ७५ हजार, तृतीय हुनेलाई ४० हजार, चौथो हुनेलाई २५ हजार, पाँचौं हुनेलाई २० हजार, छैठौं देखि दशौंसम्मलाई १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा एघारौंदेखि पन्ध्रौंसम्मलाई ११ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

वाग्मती प्रदेश खेलकुद विकास परिषदकासदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।