आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रियफुटबल प्रतियोगिता–२०८३ वैशाख दोस्रो साताबाट सुरु हुने भएको छ ।
मकवानपुरकोपूर्वीक्षेत्रमा अवस्थित बागमती गाउ“पालिका खेलकुद विकास समितिको आयोजनामा हुनेप्रतियोगितामा ए डिभिजनका ६, मोफासलका ३, एक विदेशी र आयोजक गरी दश टिमकोसहभागिता रहनेछ । आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितातयारी तीब्ररुपमा अगाडि बढाइएको जनाएको छ ।
साविककोविजेता चर्च ब्वाइजसहित ए डिभिजन टोली मच्छिन्द्र, सशस्त्र प्रहरीको (एपीएफ), त्रिभुवनआर्मी क्लब, फ्रेण्डस क्लब, प्लानिङ ब्वाइज, मलेसियाको पेनाङ एफसी, सर्लाहीको बागमतीयुवा क्लब, सिमराको नवजनजागृति युवा क्लब र आयोजक टोलीले उपाधिका लागि प्रतिस्पर्धागर्नेछन् ।
बागमतीगाउ“पालिकाको मुख्य प्रायोजनमा सहिद स्मृति रंगशाला झुरझुरेमा प्रतियोगिता सञ्चालनहुनेछ । प्रतियोगिता स्थल हेटौंडाबाट करिब ४५ किलोमिटर पूर्वमा पर्दछ । प्रतियोगितामाकरिब ७८ लाख रुपैया“ खर्च अनुमान गरिएको आयोजक बागमती गाउ“पालिका खेलकुदविकास समिती अध्यक्ष रहरसिंं थिङले जानकारी दिए ।
उनकाअनुसार प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० र ५ लाख रुपैया“ प्राप्त गर्नेछन्। सर्बोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैया“ र विधागतरुपमा उत्कृष्ट गोलरक्षक,डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई २५ हजार रुपैया“को व्यवस्था गरिएको छ ।प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई नगद १० हजार रुपैया“ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामासहभागी हुने विदेशी खेलाडीको हकमा भने ‘वर्क परमिट’ अनिवार्य गरिएको छ ।