२०८१ बैशाख २०, बिहीबार    

बालबालिकाको समस्या राज्यकै समस्या हो : मोक्तान

२०८० असार १५, शुक्रबार १७:३१ बजे

वाग्मती प्रदेशकी सामाजिक विकास मन्क्री कुमारी मोत्तानले बालबालिकाको समस्या राज्यकै समस्या भएको बताएकी छन् ।

उनले बालबालिका भविष्यको कर्णधार भएका कारण उनीहरुको समस्या समाधान गर्न राज्यको तीनै तह एकढिक्का भएर अगाडि बढ्न जरुरी रहेको औंल्याएकी हुन् ।

बालअधिकार संरक्षण प्रणाली र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह सम्बन्धमा संसदीय छलफल कार्यक्रम उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरुले बालअधिकारको क्षेत्रमा ध्यानदिनुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए । प्रदेश बालअधिकार समिति, राष्ट्रिय बाल संरक्षण मञ्च, नेशनल इन्स्टिच्युट अफ कम्टेम्पोररी स्टडिज र बाल कल्याण समाज मकवानफुरको संयुक्त आयोजनामा कार्यत्रम भएको हो ।

मन्त्री लामाले प्रदेशभर रहेका बालगृहको अनुगमन गर्ने प्रतिबद्धता जनाएकी छन् । गरिबी, विद्यालयसम्मको सहज पहुँच नहुँदा विद्यालय तहकै अध्ययन पूरा नगरी बालबालिका श्रममा आउन बाध्य भइरहेको परिस्थिति उल्लेख गर्दै उनले सरोकारवालाबीच समन्वयको जरुरी रहेको औंल्याइन् ।

बालबालिकाको अधिकारसँग सम्बन्धित नीतिहरु अन्तिम चरणमा पुगेको र छिट्टै पारित भई कार्यान्वयनमा जाने पनि उनले बताइन् । बौद्धिक अपाङ्गता भएकाहरुका लागि प्रदेश सरकारले विद्यालय स्थापना गरी सञ्चालनको तयारी गरिरहेको पनि मन्क्री मुत्तानले जानकारी दिए ।

कार्यक्रममा वाग्मती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बालबालिकाको सन्दर्भमा ऐन, कानुन पर्याप्त रहेको तर, प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए ।