बजेटको विषयमा सर्वदलीय बैठक नबस्दा वाग्मती प्रदेशसभाका वैठक प्रभावित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पुनर्लेखनको माग राख्दै विहीबार सदन अवरुद्ध गरेको थियो । विपक्षीको अवरोधसँगै सूचना टाँस गरी शुक्रबार विहान ११ बजेका लागि बोलाइएको वैठक १ बज्दासम्म बस्न सकेको छैन ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सदनमा छलफल गर्नु अगाडि कांग्रेसले बजेट पुस्तिक र आफूहरुले प्राप्त गरेको बजेटवीच व्यापक अन्तर रहेको बताउँदै सदन अवरुद्ध गरेको थियो ।
सदन सञ्चालन गर्न सभामुख भुनवकुमार पाठकले शुक्रबार (आज) विहान १० बजे सर्वदलीय वैठक बोलाएपनि अझैसम्म बस्ने सकेको छैन । स्रोतका अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरु अनौपचारिकरुपमा छलफलमा जुटेपनि ठोस सहमति नहुँदा वैठक प्रभावित भएको हो ।
स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियाले बजेटमा भएको त्रुटी सच्याउने प्रतिबद्धता जनाएपनि कांग्रेसले लिखितरुपमा सहमतिको माग गरेपछि सहमति नजुटेको हो ।