२०८१ बैशाख १८, मंगलबार    

कुलेखानी–फर्पिङ्ग सडक संचालनमा

२०८० फाल्गुन १५, मंगलबार १९:२१ बजे

हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको माग कुलेखानी–फाखेल–हुमाने सडक भोलि बुधबारबाट संचालनमा आउने भएको छ ।

सडक निर्माण तथा मर्मतका लागि गत पुस १६ गतेदेखि बन्द रहेको उक्त सडकखण्ड एक महिनापश्चात भोलिबाट संचालनमा आउने भएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ ।

पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले एक सुचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी संचालित अन्य व्यवसायीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक संचालनमा ल्याउन लागिएको अध्यक्ष पुडासेनीले बताए ।

सडकखण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य चलिरहेको छ ।