२०८१ बैशाख १७, सोमबार    

वाग्मती गाउँपालिकामा गठबन्धन विजयी

२०७९ जेठ ६, शुक्रबार १७:४१ बजे

मकवानपुरका पूर्वीगाउँपालिका वाग्मतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका हुन् । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए । उपमेयरमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए । उपमेयरमा पराजित नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।

वाग्मतीमा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा विजयी हात पारेको थियो । मतगणनाको क्रममा विवादहुँदा दोहोर्‍याएर एउटा वडाको मतगणना गर्नुपर्दा ढिलो नतीजा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना आएको निर्वाचन अधिकृत हरि उपाध्यायले जानकारी दिए ।