२०८१ बैशाख ७, शुक्रबार    

गुलियो खानेकुरा मन पराउन छाडे साङ्ला

२०७९ जेठ १७, मंगलबार १३:३६ बजे

पोथी साङ्लाले गुलियो खानेकुरा मन पराउन छाडेको छ । वैज्ञानिकहरूले गरेको पछिल्लो अनुसन्धान अनुसार गुलियो खानेकुरा मन पराउन छाडेसँगै पोथी साङ्लाको प्रजननतर्फको झुकाव कम भएको हो, जसले साङ्लाको संख्यामा पनि असर पर्न थालेको छ ।

वास्तवमा साङ्लाको प्रजननमा गुलियो खानेकुराको अहम् भूमिका रहन्छ । पोथी साङ्लोलाई आफूतर्फ आकर्षित गरी सम्भोग गर्नका लागि भाले साङ्लोले विशेष प्रक्रिया अपनाउँछ ।

यस क्रममा भालेले आफ्नो शरीरको पछाडिको भाग पोथीतर्फ घुमाउँदछ, आफ्नो पखेटा फिजाउँछ र आफ्नो टर्गल ग्रन्थीबाट चिनी र चिल्लो पदार्थ निकाल्दछ । त्यसरी भालेले निकालेको चिनी र फ्याट खानका लागि जब पोथी साङ्ला नजिक आउँछ तब भालेले आफ्नो एउटा लिंगले पोथीलाई समाउँदछ र अर्को लिंगले पोथीको यौनांगभित्र शुक्रकिट हालिदिन्छ । यो प्रक्रिया ९० मिनेटसम्म चल्दछ । तर किटनाशक औषधिको प्रयोगले साङ्लाको यो प्रजननको तरिकामा तीव्र परिवर्तन भएको छ, जसले साङ्लाको जनसंख्या घट्न थालेको छ ।

 

जर्मन साङ्ला एउटा यस्तो प्रजाति हो जुन अन्टार्कटिका बाहेक सबै महादेशमा पाइन्छ । सन् १९९३ मा नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले उक्त साङ्लामा एउटा लक्षण पत्ता लगाएका थिए । उक्त साङ्लामा चिनीको कुनै रुचि थिएन, जुन निकै अनौठो थियो । किनकि अन्य सबै साङ्लालाई गुलियो निकै मन पर्दछ ।

वास्तवमा साङ्लोलाई मार्नका लागि चिनी अर्थात् गुलियो खानेकुरामा विषादी अर्थात् किटनासक औषधि मिसाएर खान दिने गरिन्छ । जुन साङ्लोलाई गुलियो मन पर्‍यो उनीहरू त्यसरी राखिएको विषादी खाएर मर्दछन् भने जुन साङ्लोलाई गुलियो मन परेन उनीहरू बाँचे । तर त्यसरी बाँचेका साङ्लाहरूले लामो समयसम्म प्रजनन गर्दैनन् । साङ्लाको यो विशेषता नयाँ पुस्तामा पनि सर्दै गएको छ ।

 

कम्युनिकेसन जर्नलमा प्रकाशित शोध अनुसार जुन लक्षणका कारण पोथी साङ्ला गुलियो स्वादयुक्त विषादीबाट बाँच्न सफल भयो त्यही लक्षणका कारण पोथी साङ्ला भालेको नजिक जाने र ऊसँग सम्भोग गर्ने सम्भावना कम हुँदै गएको हो । भालेले आकर्षित गर्नका लागि छाड्ने चिनी पोथीलाई मन नपर्ने हुँदा भालेले सम्भोग गर्नु अगावै पोथी भागिहाल्ने गर्दछ । चिनी मन नपार्ने पोथीले भालेले स्राव गरेको चिनीमा केवल ३ सेकेण्ड मात्र बिताउने गर्दछ ।