२०८१ आश्विन २६, शनिबार    

तरुण दलले हेटौंडा अस्पताललाई बुझयो ज्ञापनपत्र, तत्काल नियुक्त पत्र दिन आग्रह

२०८१ भाद्र ५, बुधबार १६:५९ बजे

हेटौंडा अस्पतालको कर्मचारीको पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्ती दिन नेपाल तरुण दल हेटौंडा उपमहानगर कार्यसमितिले माग गरेको छ ।

परीक्षा र अन्तवार्तामा समेत सफल भैसकेकाहरुलाई नियुक्ती दिन आनाकानी गरिएको भन्दै तरुण दलले मेडिकल सुपरीटेण्डेण्ट डा.रामचन्द्र सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । अस्पतालको करारमा कार्यरत कर्मचारीको म्याद सकिएपछि पुनः करारमा भर्ना गर्ने गरी साउन १ गते १५ दिनको सूचना प्रकाशन भएको थियो । ३१ गते अन्तरवार्ता गरी परीक्षाफल समेत प्रकशन गरिएको थियो ।

परीक्षामा सफल भएकाहरुलाई नियुक्ती दिन ढिलाई गरेको चासो व्यक्त गर्दै तरुण दल नगर कार्यसमिति अध्यक्ष सुनिल गिरीको नेतृत्वमा तरुणको टोली अस्पताल पुगेको हो ।

तरुण दल जिल्ला अध्यक्ष सन्तोष सापकोटा, केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल गोपी लगायतले हेटौैंडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हस्तक्षेप रहन नहुने धारणा राखे ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा तरुण नेताहरु सञ्जय श्रेष्ठ, भुपेन्द्र अधिकारी, सुशील सिग्देल लगायत पुगेका थिए ।