२०८१ बैशाख १४, शुक्रबार    

सरोज अधिकारीद्वारा जेसीजको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी

२०७९ मंसिर १८, आईतबार १६:०२ बजे

बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

बसामाडी जेसीजको बर्ष सन् २०१९ का अध्यक्ष रहेका उनले २०२३ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । यही पुष ७ गतेबाट छिमेकी जिल्ला पर्साको बीरगञ्जमा हुने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले जानकारी दिए । हाल नेपाल जेसीजको नोम इडिटर पदमा रहेका उनले आन्तरिक भेटघाट तथा चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

बीरगञ्ज जेसीजको आतिथ्यतामा ४९ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । ‘अघिल्लो पटक पनि म राष्ट्रिय उपाध्यक्षको उम्मेदवार थिएँ, त्यसबेला थोरै मत नपुगेर उपविजेता भएँ’, अधिकारीले भने, ‘यो चुनावी अभियानलाई तीव्र बनाएको छु । सबैबाट सकारात्मक सहयोग र माया पाइरहेको छु । यो पटक जित्नेमा ढुक्क छु ।’ नेपाल जेसीज र शाखाको बीचमा समन्वय गरी युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै जेसीजमा युवाहरुको सक्रियता बढाउनका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए ।