२०८१ बैशाख २१, शुक्रबार    

फाइनल प्रवेश गर्न भिड्दै पिप्ले

२०७८ चैत्र १०, बिहीबार ०८:५६ बजे

सर्लाहीमा जारी राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको साविकको विजेता हेटौंडाको पिप्ले युवा क्लब र आयोजक वाग्मती युवा क्बल आज भिड्दैछन् ।

गत संस्करणको फाइनलिस्ट टोलीको खेल दिउँसो ३ बजे हुनेछ । वाग्मतीलाई उसकै मैदानमा हराउँदै प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले उपाधि चुमेको थियो ।

वाग्मती घरेलु मैदानको साथमा गत संस्करणको हार बदला लिने लक्ष्यसहित मैदानमा उत्रने छ । यता पिप्ले उही मैदान पुरानै नजिता सहज तरिकाले दोहो¥याउने लक्ष्यमा छ । पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिने भएकोले दुबै टोलीमाथि जित्नै पर्ने दबाब छ । उपाधि होडमा रहेको दुई टोलीबिचको खेल निकै प्रतिस्पर्धात्म हुने अनुमान गरिएको छ ।

साविक विजेताको हैसियतले सिधै क्वाटरफाइनल खेलमा प्रवेश पाएको पिप्ले पहिलो खेलमा शानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । ए डिभिजन टोली हिमालय शिर्पा क्लबमाथि ३–० गोलको शानदार जित निकालेको हो ।