एफसी इन्टरनेटले एफसी पोतलाई क्लबलाई पराजित गरेको छ । हेटौंडामा जारी जिल्ला लिगमा इन्टरनेटले पोतलालाई पराजित गरेको हो ।
गौरीटार रंगशालामै भएको इन्टरनेटले एफसी पोतालालाई २–० ले हरायो । इन्टरनेटका लागि २ औं मिनेटमा मिलन काफ्लेले पहिलो गोल गरेका हुन् । ७५ औं मिनेटमा काफ्लेले नै अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच २ गोल गरेका काफ्ले नै घोषित भए ।
मकवानपुरको बागमती गाउँपालिकाको सहीद स्मृति क्लव जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह घ को शीषस्थानमा पुगेको छ । ५ खेलबाट ११ अंक जोड्दै सहीद स्मृतिले समूहको शीर्षमा स्थान बनाएको हो । सिमलटार खेल मैदानमा पाँचौ खेल खेल्ने क्रममा सहीद स्मृतिले पशुपति युवा क्लव हेटौंडालाई ५–२ ले हरायो । खेलको म्यान अफ द म्याच सहीद स्मृतिका उप्रान्त आले घोषित भए ।
यसै समूह अन्तर्गत भएको अर्को खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लवले युनाइटेड नाइन हेटौंडासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । हाँडीखोलाले पहिलो हाफमा र युनाइटेडले दोस्रो हाफमा गोल गर्ने केही राम्रो मौकाहरु खेर फालेको थियो । योसँगै हाँडीखोलाको ८ र युनाइटेड नाइनको २ अंक भएको छ । खेलको म्यान अफ द म्याच युनाइटेडका सुरेश लामा घोषित भए ।
गौरीटार रंगशालामा भएको यही समूह अन्तर्गतको खेलमा प्रतिभा क्लवले एफसी चाइनाक्वाटरलाई ३–० ले हरायो । प्रतिभाले पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको हो । शोभित वाइबाले १५ औं मिनेटमा गोल गर्दै प्रतिभालाई अग्रता दिलाएका हुन् । ५६ औं मिनेटमा सुनिल थिङले अग्रता दोब्बर पारे । २ गोल गरेका वाइबा नै खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।