२०८१ बैशाख २४, सोमबार    

होमनाथ गौतम बने कांग्रेस मकवानपुर कोषाध्यक्ष

२०७८ चैत्र २०, आईतबार १६:३९ बजे

नेपाली कांग्रेस मकवानपुर मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम चयन भएका छन् ।

कांग्रेस जिल्ला समितिको आइतबार बसेको वैठकले गौतमलाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको हो । गौतम महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । वैठकले कार्यसम्पदान समिति, संसदीय बोर्ड र दुईवटा विभाग गठन गरेको छ । कांग्रेस सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको वैठकले युवा तथा खेलकुद र संगठन विभाग गठन गरेको हो ।

युवा तथा खेलकुदको जिम्मेवारी अर्जुन तिवारी र संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँलाई तोकिएको हो । वैठकले संसदीय बोर्ड र कार्य सम्पदान समितिमा रहनेहरुको नाम टुंगो लगाएपनि अझै सार्वजनिक गरिएको छ ।
यसअघिको पहिलो वैठकले दशजनालाई जिल्ला समितिमा मनोनित गरेपछि कांग्रेस पार्टीभित्र केही मतभेद सिर्जना भएको थियो ।