२०८१ बैशाख ८, शनिबार    

एपीएफ र फ्रेण्डस भिड्दै

२०७९ जेठ २२, आईतबार ०८:१७ बजे

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत् शनिबार वर्षात्का कारणस्थगित भएको खेल केही समयपश्चात् सुरु हुँदैछ ।

ए डिभिजन टोली सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेण्डस क्लब काठमाडौंवीचको खेल दिनभरको वर्षात्का कारण मैदान हिलाम्मे भएपछि अन्तिम अवस्थामा स्थगित गरिएको थियो । आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार आज आइतबार विहान ८:३० बजे स्थगित खेल गर्ने तयारी भइरहेको छ ।

‘ग्राउण्ड रिपोर्टी भइरहेको छ । खेल हुन्छ । मैदानको अवस्था हेर्दा खेल गराउन कुनै कठिनाइ छैन ।’, संघ अध्यक्ष लामाले भने ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा पहिलो चरणको खेलहरु सञ्चालन भइरहेका छन् ।

आइतबारै दिउँसो नेपाल पुलिस र खुमलटार एफसीवीच खेल हुनेछ । चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल जेठ ३० गते हुनेछ ।