२०८१ बैशाख २३, आईतबार    

६ र १३ नम्बर वडा दोस्रो चरणमा

२०८० चैत्र २८, बुधबार १८:४७ बजे

मेयर कप फुटबल प्रतियोगिता–२०८० अन्तर्गत् बुधबार भएको खेलमा विजयीहुँदै हेटौंडा वडा नम्बर ६ र १३ दोस्रो चरणमा पुगेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा हेटौंडा–६ ले १८ नम्बर वडालाई र हेटौंडा १३ ले १९ नम्बर वडालाई पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा ६ को जीतमा सुरज स्याङ्तानले दुई गोल गरे । उनको दुई गोलको मदतमा ६ नम्बरले अघिल्लो चरणको यात्रा तय गरेको हो । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै केल्मीको तर्फबाट पुरस्कार प्राप्त गरे । १८ नम्बरले एक गोल आत्मघाती गोल प्राप्त गरेको थियो । खेलमा १८ नम्बरले प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।

नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा जारी प्रतियोगितामा हेटौंडा १३ को जीतमा एकमात्र निर्णायक गोल स्यामुएल सुनुवारले गरे । उनले खेलको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले केल्मीको तर्फबाट आकर्षक उपहार प्राप्त गरे ।

प्रतियोगितअन्तर्गत् विहीबार हेटौंडा १ र ४ तथा १४ र ७ नम्बर वडावीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजयी टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछन् ।