२०८१ बैशाख १५, शनिबार    

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

२०७९ माघ १, आईतबार ११:२५ बजे

यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुग्न लाग्दा नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

अहिले घटनास्थलतर्फ हेलिकप्टरमा उद्धार टोली जाँदै गरेको छ ।