२०८१ बैशाख १६, आईतबार    

हेटौंडा बजार तत्काल नभत्किने

२०८० श्रावण १६, मंगलबार १४:५२ बजे

तत्काल हेटौंडा बजार क्षेत्रमा सडक विस्तार कार्य अगाडि नबढ्ने भएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले आज मंगलबारबाट सडक पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्ती रोडदेखि रातोमाटेसम्म सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने तयारी गरेपनि तत्काल प्रक्रिया अगाडि नबढ्ने भएको हो ।

यसक्षेत्रका घरधनीले मुआब्जा र क्षतिपूर्तिको विषयमा सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेसँगै तत्काल प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी भएको थियो । सोही अन्तरिम आदेशसँगै आज सर्वोच्चले सडक डिभिजन कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र घरधनीलाई छलफलका लागि बोलाएको थियो । तर, सर्वोच्चले अर्को पेशी पुनः साउन २१ गतेका लागि तोकेको छ ।

यो सँगैं तत्काल सडक विस्तार प्रक्रिया अगाडि नबढ्ने भएको हो । सर्वोच्चमा छलफलका लागि पुगेका राप्तीरोडका एकजना घरधनीका अनुसार सर्वोच्चले केही घरधनीलाई छलफलका लागि २८ गते पनि बोलाएको छ ।

‘सर्वोच्चमा मुद्धा हाल्ने र अन्तरिम आदेश लिने क्रम बढेको छ । सवैको एकैपटक छलफल हुन्छ होला ।’, उद्योग बाणिज्य संघ मकवानपुरका निवर्तमानअध्यक्ष तथा महासंघ केन्द्रीय सदस्य कृष्ण कटुवालले सडक विस्तारको विषयमा सर्वोच्चको अन्तिम फैसलापश्चात् मात्र यस प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने टुंगो लाग्नेछ ।