२०८३ बैशाख ५, शनिबार    

समय अभावले सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ

२०७९ चैत्र २२, बुधबार १६:५५ बजे

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको आज सुनुवाइ  हुन सकेन । इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको थियो ।

पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे शर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए। उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।