२०८३ भाद्र ११, बिहीबार    

हात्तीले मनहरीमा आतंक, एक घरमा क्षति

२०८१ भाद्र ९, आईतबार १६:३३ बजे

मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले शनिबार राति आतंक मच्चाएको छ।

शनिबार राति ९ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर-८ सिमपानीमा स्थानीय एक व्यक्तिको घरमा आक्रमण गर्दा घरमा क्षती पुगेको छ।

स्थानीय चेपाङको जस्ताले छाएको काठको एक तले गरेमा आक्रमण गर्दा आंशिक क्षती पुगेको जनाइएको छ । प्रहरी, पर्सा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलि र स्थानीयले हात्तीलाई जंगल तर्फ भगाएका थिए।