२०८१ बैशाख २१, शुक्रबार    

भेटुवाल र पराजुली सम्मानित

२०७९ श्रावण २५, बुधबार १७:३९ बजे

हेटौंडा सिमेण्ट उद्योग लिमिटेडको अध्यक्षमा नियुक्त भएका गणेशप्रसाद भेटुवाल र हेटौंडा क्याम्पसको अध्यक्षमा सर्वसम्मत चयन भएका आनन्दराम पराजुलीलाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सम्मान गरेको छ ।

भेटुवाल दिव्यताराको उपाध्यक्ष हुन् भने पराजुली दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुर सञ्चालक समितिको अध्यक्ष हुन् । बुधबार सहकारीमा एक कार्यक्रमकाबीच सहकारीका संस्थापक अध्यक्ष महालक्ष्मी उपाध्याय डीना, अध्यक्ष डा. गणेश बल लामासहित सहकारीका पदाधिकारी एवम् कर्मचारीलाई बधाई एवम् शुभकामना व्यक्त गरेका हुन् । कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी दिव्यताराका संस्थापक अध्यक्ष डीनाले दुवैजनालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन् ।

भेटुवाल मंगलबार मात्रै हेटौंडा सिमेण्टको अध्यक्षमा नियुक्त भएका हुन् भने पराजुली साउनको पहिलो हप्ता हेटौंडा क्याम्पस अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।