२०८१ बैशाख १४, शुक्रबार    

सिटिनेट बैठक हेटौंडामा, मेयर लामा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

२०७९ भाद्र १९, आईतबार १८:२३ बजे

देशभरका १६ नगरपालिका र ६ वटा संस्था सम्मिलित सिटिनेट नेपालको राष्ट्रिय बैठक हेटौंडामा भएको छ । हेटौंडामा बैठक आयोजना गरेसँगै हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा सस्थाको असोजको पहिलो साता हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने भएकी छिन् । असोजको पहिलो साता मेलेसियाको राजधानीमा सिटिनेटको निर्वाचनसँगै नेतृत्व परिवर्तन हुने कार्यतालिका रहेको बताइएको छ ।

क्रियाशिल रहेको मानब वस्ती व्यवस्थापनको लागि स्थानिय निकायहरुको क्षेत्रीय सञ्जाल र एसिया प्रान्तमा दिगो विकासको लागि प्रतिवद्ध शहरी सरोकारवालाको सबैभन्दा ठूलो संस्थाको आउँदो असोजको पहिलो साता हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन पूर्वस्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुको बैठक हेटौंडामा भएको हो । दुईदिन सञ्चालन भएको बैठकमा ४ महानगर, ३ उपमहानगर र ४ नगरपालिकाका प्रमुखसहित प्रतिनिधि सहभागि थिए । सिटिनेटको नेपाल क्षेत्रको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकले सस्थालाई नेपालमा क्रियाशिल बनाउँन सदस्यता बढाउँने सहित बिधानलाई समयानुकुल परिस्कृत गर्नका लागि तानसेन नगरपालिकालाई जिम्मेवारी दिएको छ ।

बैठकमा प्रमुख अतिथि रहेका ललितपुर महानगरपालिकाका प्रमुख तथा सिटिनेटका कार्यकारी सदस्य चिरीबाबु महर्जन चुनावी प्रतिष्पर्धामा उत्रने घोषणा गरेका छन्

१२ बर्ष अघिबाटै नेपाल क्षेत्रको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको बैठकमा संस्थाको बारेमा नवनिर्वाचिन बनेका बिभिन्न स्थानिय तहमा प्रमुखलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, भिमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीलगायत ६ वटा विभिन्न बिषयगत संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।