२०८१ आश्विन २६, शनिबार    

दौडमा सहभागी हुने हेटौंडाका खेलाडीको विदाई

२०८१ आश्विन १०, बिहीबार १९:१३ बजे

हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै काठमाडौंमा हुने दौडमा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।

असोज १२ गते काठमाडौंमा हुने १६ औं एनआरएस स्पोर्ट्स फाउण्डेसनको अयोजनामा हुने प्रतियोगिताका २० जना खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाले बिदाई गरेको हो । बिहीवार कार्यालयमा आयोजित बिदाई कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले खादा लगाउँदै बिजयी हुन शुभकामना दिएका थिए ।

उपमहानगरका बिभिन्न बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीमध्यबाट २० जनलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि छनौंट गरेको एथ्लेटिक्स संघ मकवानपुरका सचिब राजाराम पोखरेलले जानकारी दिए । बिभिन्न बिद्यालयमा अध्यापन गर्ने ४५ बिद्यार्थीमध्य छनौटमा परेकालाई हेटौंडामा तीन महिना क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपश्चात प्रतियोगितामा सहभागि हुनका लागि पठाउन लागिएको हो ।

प्रतियोगितामा सहभागि हुने खेलाडीले हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्ने छन् ।

बिदाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, सदस्य बिजय गौतमको उपस्थिती रहेको थियो । हेटौंडाबाट प्रतियोगितामा सहभागिता जनाउँनका लागि गएका खेलाडिहरुले ३ किलोमिटर र ५ किलोमिटर दौंडमा प्रतिश्पर्धा गर्ने छन् । सहभागि हुने खेलाडिहरु हेटौंडाका बिभिन्न बिद्यालयमा अध्ययनरत रहेका छन् ।