२०८१ बैशाख २७, बिहीबार    

विकास नेपालद्वारा जन्मदिनमा रंगशालालाई सहयोग

२०७८ फाल्गुन १, आईतबार १६:५० बजे

हेटौंडा/ हेटौंडाका युवा व्यवसायी विकास नेपालले आफ्नो जन्मदिनको सन्दर्भ पारेर निर्माणाधिन पिप्लेक्याम्पा रंगशालालाई नगद सहयोग गरेका छन् ।

हेटौंडा–११ का युवा व्यवसायी नेपालले हेटौंडा–५ स्थित पिप्ले युवा क्बलको पहलमा निर्माण भइरहेको रंगशालाका लागि नगद सहयोग उपलब्ध गराएका हुन् । उनले १० हजार १ सय १० रुपैयाँ नगद उपलब्ध गराएका हुन् । ‘जन्मदिनमा फजुल खर्च गरेरभन्दा पनि केही सार्थक काममा सहयोग गर्न मन लागेर रंगशालालाई केही सहयोग गरिएको हो ।’, नेपालले आफू पनि खेलकुदप्रेमी भएका कारण रंगशालालाई सहयोग गरिएको बताए ।

उनले यसअघि पनि विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आइरहेका छन् ।