२०८१ बैशाख १७, सोमबार    

११ नम्बरलाई मेयर कप

२०८० जेठ २७, शनिबार १९:०९ बजे

दोस्रो मेयरकप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा–११ ले जितेको छ ।

शनिबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा टाइब्रेकरमा हेटौंडा–१५ लाई ४–३ गोलअन्तरले पराजित गर्दै हेटौंडा–११ च्याम्पियन भएको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतीजाको छिनोफानो टाइब्रेकरमा गरिएको थियो ।

विजयी खेलाडी तथा प्रशिक्षकलाई हेटौंडाकी मेयर मीना लामाले पुरस्कार वितरण गरेकी थिइन् ।

प्रतियोगितामा नगरका १९ वटा टोलीको सहभागिता रहेको थियो ।