२०८३ भाद्र ४, बिहीबार    

राक्सिराङबाट युवक हत्याको आरोपमा तीनजना पक्राउ

२०८१ मंसिर ३०, आईतबार १२:३१ बजे

युवकलाई  कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

मकवानपुर राक्सिराङ गाउँपालिका-५ इन्चराङस्थित चैनपुरबाट  काकडा जाने भित्री सडकमा बारा अमलेखगन्जका २१ वर्षीय समिर सुनारको शव शुक्रबार फेला परेको थियो । उनको टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो ।

सुनारको कुटपिट गरेर हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय मनहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका तीनै जना मृतक सुनारसँग हिँडने साथी भएको बताएको छ ।

पक्राउ गरिएका व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य भइरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।