२०८१ बैशाख १६, आईतबार    

२ अर्ब ६० करोडको बजेट ल्याउँदै हेटौंडा उपमहानगर

२०८० असार १, शुक्रबार १६:१५ बजे

आगामी आर्थिक बर्ष २०८०÷०८१ लाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम शनिवार आउँदै छ ।

कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई लक्षित गर्दै १३ औं नगरसभामार्फत् उपमहानगर नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

नीति तथा कार्यक्रममार्फत् करिब २ अर्व ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार उपमहानगरले आगामी आबको लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हुने नगरसभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत पछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने तयारी उपमहानगरको छ ।