२०८१ बैशाख १६, आईतबार    

तरुणद्वारा भातृ र शुभेच्छुक संगठनको केन्द्रीय नेतृत्वलाई सम्मान

२०८० असार १५, शुक्रबार १७:२७ बजे

नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संगठनबाट केन्द्रीय नेतृत्वको विभिन्न पदमा चयन भएकाहरुलाई हेटौंडामा सम्मानित गरिएको छ ।

नेपाल तरुण दल मकवानपुरले शुक्रबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा उनीहरुलाई स्वागत एवम् सम्मानित गरिएको हो । तरुण दल कार्यबाहक सभापति लिलाराज सापकोटा (सन्तोष) को अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य सुनिल कुमार दाहाल, राजेश भेटवाल, गुरुप्रसाद दाहाल (गोपी) लाई सम्मानित गरिएको थियो ।

प्रजातान्त्रिक विचार समाज केन्द्रीय सदस्य दीपकलाल खतिवडा, नेपाल शिक्षक संघ केन्द्रीय सदस्य रामकुमार अधिकारी र नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य तारा कार्की राईलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

कांग्रेस मकवानपुर पूर्वसभापति रामचन्द्र अर्याल ‘माइकल’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस पूर्वसभापति रघुरमण न्यौपाने, पार्टी उपसभापति धर्मराज लामिछाने, सचिव इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्य, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक निरशंकर लामाले जानकारी दिए ।