२०८३ बैशाख ११, शुक्रबार    

नागरिक आन्दोलन मोर्चाको नाममा राजावादी युवा संगठित

२०८१ चैत्र ११, सोमबार १९:२३ बजे

नागरिक आन्दोलन मोर्चाको नाममा मकवानपुरका राजावादी युवाहरु संगठित भएका छन् । हेटौंडामा भएको भेलाले नागरिक आन्दोलन परिचालन समिति गठन गरेको हो ।

आन्दोलन परिचालन समिति संयोजकमा रमेश ठकुरी, सहसंयोजकमा गोपी खड्का, विजय श्रेष्ठ, शिवप्रसाद भट्टराई, विरेन्द्र श्रेष्ठ र मधु कंशाकार, सचिव भृगु कार्की, सहसचिव सुरेन्द्र प्रधान तथा सदस्यमा विवेक श्रेष्ठ, सुरेश अर्याल, देव चौधरी, विवेकविक्रम शाह, केदार वजगाईं, सुनिल न्यौपाने, गंगा लामा, विकेश लामा, राजकुमार लामा, कृष्ण वानियाँ, गोमा खत्री, पुर्ण राई, विष्णु प्रसाद लम्साल, लक्ष्मी भण्डारी लगायत रहेका छन् ।

समितिको सल्लाहकारमा गणेश श्रेष्ठ, सुन्दर शाही, निर्दाेष खड्का, गोपालचन्द्र श्रेष्ठ, बासु तिमल्सिना, वेदप्रसाद खतिवडा, मदन ठकुरी लगायत रहेका छन् । संयुक्त मोर्चामा राप्रपा, राप्रपा नेपाल, विश्व हिन्दु महासंघ, वीर गोर्खाली, आरटिएफ, एमटिएफ, कृष्ण प्रणामी, शाही शक्ति नेपाल, नागरिक बचाउ अभियान लगायतका दल र संगठन आबद्ध रहेको छ । मोर्चाका जिल्ला संयोजक रमेश ठुकरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतिविद् उद्वव पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा यातायात विभाग प्रमुख नरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी वागमति प्रदेश जनसम्पर्क विभाग प्रमुख सागर अर्याल, नागरिक बचाउ अभियानका सदस्य तथा मोर्चा सल्लाहकार बासु कार्की, राप्रपा नेपाल जिल्ला सचिव भृगु कार्की, मोर्चाका पुर्व जिल्ला संयोजक भीम राउत लगायतको उपस्थिती थियो । नागरिक बचाउ अभियानका जिल्ला संयोजक तथा मोर्चाका जिल्ला सहसंयोजक हातिम मिया पनि सहभागी थिए ।

कार्यक्रममा उनीहरुले राजा र हिन्दु राष्ट्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।