२०८३ बैशाख १०, बिहीबार    

चैनपुर जेसीज मनहरी कप फुटबलमा परेली र ढेंडो क्वाटरफाइनलमा    

२०८१ कार्तिक २५, आईतबार १८:११ बजे

चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी ४ स्थित गोलघर खेल मैदानमा जारी खुला फुटबल प्रतियोगितामा परेली युवा क्लव बस्तिपुर र ढेंडो एफसी हेटौंडा क्वाटरफाइनल प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा ढेंडो एफसीले नेवारपानीको सक्षम युवा क्लवलाई ४-२ गोलले हराएको हो । ढेंडोको तर्फबाट समिराज थोकरले २ र विश्व लामाले एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । यता सक्षमको तर्फबाट राहुल थापा र सन्देश पाख्रीनले गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

खेलको म्यान अफ द म्याच ढेंडो एफसीका समिराज थोकर घोषित भए । यस्तै दोस्रो खेलमा परेलीले टिएनटी एफसीलाई २-१ ले हरायो । परेलीको तर्फबाट रोज मोक्तान र साजन थिङले गोल गरेका थिए । टिएनटीको लागि रबिन मोक्तानले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच परेलीका साजन थिङ घोषित भए ।

यहि मंसिर ३ गतेसम्म सन्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँचसय तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार पाँचसय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

मकवानपुर गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सन्चालन भएको हो ।