२०८१ बैशाख २७, बिहीबार    

हावाहुरीका कारण ३ को मृत्यु

२०७८ माघ २१, शुक्रबार १४:११ बजे

धनुषा — मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ । धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् । मृत्यु हुने दुवैजना सवैला फकिरचन्द्र माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।