२०८१ बैशाख १५, शनिबार    

प्रदेशसभामा प्रत्यक्षबाट ४५ जनाको ‘डेब्यू’

२०७९ मंसिर १४, बुधबार ११:३७ बजे

बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट यस पटक ४५ जनाले ‘डेब्यू’ गर्ने भएका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्षतर्फको १२ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार प्रदेशसभामा विभिन्न दलहरुबाट ४५ जना नयाँ अनुहारले प्रवेश पाएको हो ।

प्रत्यक्षतर्फबाट सबैभन्दा बढी नयाँ अनुहार नेपाली कांग्रेसले भित्र्याएको छ भने दोस्रोमा एमाले रहेको छ । प्रत्यक्षतर्फ प्रदेशमा नै पहिलो बनेको कांग्रेसले प्रदेशसभामा १९ जनालाई अवसर दिँदा एमालेले १० जना नयाँ अनुहारलाई अवसर दिएको हो ।प्रदेशसभामा माओवादी केन्द्रले भने ८ जना नयाँ व्यक्तिलाई ल्याएको छ भने राप्रपाको ७ जना र हाम्रो नेपाली पार्टीका एक जना रहेका छन् । प्रदेशसभाको २० वटा सिट रहेको कामठमाडौंको क्षेत्र नम्बर १(क), २ (क), २ (ख), ३ (क), ४ (क), ५ (क), ५ (ख), ६ (क), ६ (ख), ८ (क), ८ (ख) र ९ (क)बाट विभिन्न दलहरुबाट नयाँ व्यक्ति सांसद् निर्वाचित भएका छन् ।

प्रदेशसभा तर्फ ६ वटा चितवनको क्षेत्र नम्बर १ (क), २ (क), २ (ख), ३ (क), ३ (ख)मा नयाँ उम्मेदवारले चुनाव जितेर संसद्मा इन्ट्री गरेका छन् ।

प्रदेशसभा तर्फ ६ वटा रहेको ललितपुरको क्षेत्र नम्बर १ (क), १ (ख), २ (क), २ (ख), ३ (क), ३ (ख), प्रदेशसभा तर्फ ४ वटा रहेको जिल्लाहरु भक्तपुरको क्षेत्र नम्बर १ (क), २ (क), नुवाकोटको १ (ख), २ (क), २ (ख), रामेछापको क्षेत्र नम्बर १ (क), १ (ख), मकवानपुरको क्षेत्र नम्बर १ (ख), धादिङको क्षेत्र नम्बर १ (क), २ (क), २ (ख), सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ (क), १ (ख), २ (ख), काभ्रेको क्षेत्र नम्बर १ (ख), २ (ख), सिन्धुलीको क्षेत्र नम्बर १ (क), २ (क), २ (ख) र प्रदेशसभाको २ वटा मात्र क्षेत्र रहेको रसुवाको १ (ख) बाट चुनाव जित्दै नयाँ उम्मेदवार संसद प्रवेश गरेका छन् ।