२०८१ बैशाख १३, बिहीबार    

सदनमै बुझाए एमालेका मन्त्रीले राजीनामा

२०७९ चैत्र १०, शुक्रबार १६:११ बजे

वाग्मती प्रदेश सरकारमा सहभागी नेकपा एमाले मन्क्रीहरुले राजीनामा दिएका छन् ।

शुत्रबारको प्रदेशसभा वैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रदेशसभाको वैठक चलिरहेकै अवस्थामा राजीनामा दिएका हुन् । उनीहरुले सदनभित्रै मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका थिए ।

एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्क्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुत्त भएका थिए ।