२०८१ बैशाख १२, बुधबार    

दलबलसहित हेटौंडामा एमालेद्वारा उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार १४:१२ बजे

दलबलसहित शक्ति प्रदर्शन गरेर नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरसहित सम्पूर्ण वडाका उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ ।

हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संविधानसभा सदस्य अनन्त पौडेलले मेयर र सुमित्रा काफ्लेले उपमेयरमा उम्मेदवारी दिएका हुन् । हेटौंडा उपमहानगरमा रहेको १९ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेले बाजागाजा र नाराबाजीसहित उम्मेदवारी दर्ता गराएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले हेटौंडाको मेयर र उपमेयरमा विजयी हासिल गरेको थियो ।