२०८१ बैशाख १६, आईतबार    

मैत्रीपूर्ण फुटबलमा अधिकारकर्मी विजयी

२०८० फाल्गुन २, बुधबार १७:३० बजे

रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् दोस्रो दिन फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशालामा भएको खेलमा महिला पत्रकार टोलीलाई महिला अधिकारकर्मी समूहले २–० गोलअन्तरले पराजित गरेको हो ।

महिला अधिकारकर्मीको तर्फबाट रमिला सापकोटा र सुनिरा लामाले गोल गरेकी थिइन् । विजयी टोलीले नगद ५ हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमा गैरसरकारी संस्था वाग्मती प्रदेशका अध्यक्ष आरती पाठक, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुब अधिकारी र प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीलगायतको आतिथ्यता रहेको थियो ।