२०८१ बैशाख २५, मंगलबार    

इन्द्रसरोबरमा एमालेका पुडासैनी विजयी

२०७९ जेठ २, सोमबार ०४:१८ बजे

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

नेकपा एमाले प्रमुख र उपप्रमुखमा विजयी भएको हो । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी, उपप्रमुखमा उमाकुमारी लामाले विजयी भइन् । पुडासैनीले ३ हजार ७२२ मत ल्याए । लामाले ३ हजार ७२५ मत प्राप्त गरिन् । प्रमुखमा कांग्रेसका विश्व लामाले ३ हजार ४ सय ७२ मत ल्याएर पराजित भए । उपप्रमुखमा कांग्रेसकी उमाकुमारी लामाले ३ हजार ६५६ मत ल्याएर पराजित भइन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो ।

यस गाउँपालिकाको कुल ५ वटा वडामध्ये कांग्रेसले ३ मा विजयी भएको छ । एमालेले दुईवटा वडामा मात्र जीत हात पार्न सफल भयो ।