२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडामा प्रतिस्पर्धाबाट फोहोर व्यवस्थापन गरिने

२०७९ भाद्र २५, शनिबार १४:४४ बजे

हेटौंडा उपमहानगरपालिकाभित्र प्रतिस्पर्धाबाट फोहोर व्यवस्थापन गरिने भएको छ ।

यसअघि आफू निकट संस्थालाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिँदै आएको उपमहानगरपालिकाले अब प्रतिस्पर्धाबाट फोहोर व्यवस्थापन गर्ने भएको हो । नगर कार्यपालिका बैठकले फोहोरमैला व्यावस्थापन सम्वन्धी कार्यसूची स्वीकृति तथा साझेदार संस्था छनौटका लागि सूचना प्रकासन गर्ने निर्णय गरेको छ ।

हाल फोहोमैलाको क्षेत्रमा काम गरिरहेको साझेदार संस्थाको म्याद सकिन लागेको र यसका लागि फेरि प्रतिस्पर्धामार्फत छनौट गर्न लागिएको हो ।