२०८१ बैशाख १७, सोमबार    

वाग्मतीमा सरकारबाट बाहिरियो कांग्रेस

२०८० फाल्गुन २३, बुधबार १८:३० बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ ।

संघमा माओवादी केन्द्रसहितको गठबन्धन नै भत्किएपछि प्रदेश सरकारमा रहनु उचित नभएको भन्दै कांग्रेसका मन्त्रीहरुले बुधबार राजीनामा दिएका हुन् । 

शालिकराम जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्रीपरिषदमा कांग्रेसबाट ६ जना मन्त्री थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाईमन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशीले सयुत्तरुपमा मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा र खानेपानी मन्त्री तिर्थ बहादुर लामा २६ चैत्र २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए । वन मन्त्री खड्का, उद्योग मन्त्री चित्रकार, स्वास्थ्य मन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए।