२०८१ बैशाख १६, आईतबार    

माओवादी केन्द्र संसदीय दलको नेतामा दाहाल

२०७९ पौष ७, बिहीबार १७:१५ बजे

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् ।

सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ। 

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।