२०८१ बैशाख १४, शुक्रबार    

भोलीबाट उपमेयर कप भलिबल प्रतियोगिता

२०७९ आश्विन ५, बुधबार १७:०० बजे

चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ विहीबार (भोली) बाट हेटौंडामा सुरु हुने भएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । असोज ९ गते शनिबारसम्म हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान) सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ९ वटा र पुरुषतर्फ १२ टिमले सहभागी हुने आयोजक प्रतिष्ठान महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैया“ प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पाँच÷पाँच हजार रुपैया“ नगद प्राप्त गर्नेछन् ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वर्षेनी प्रतियोगिता सञ्चालन हु“दै आएको छ । प्रतियोगिताले बजार क्षेत्रमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पछिल्लो समय मकवानपुरमा भलिबल खेलको आयोजना गर्ने क्रम बढिरहेको छ ।