२०८१ बैशाख २०, बिहीबार    

नयाँवर्षमा शुभकामना दौड हुने

२०८० चैत्र २१, बुधबार १९:४२ बजे

नेपाल तरुण दल हेटौंडा–६ को आयोजनामा यसवर्ष पनि शुभकामना दौड प्रतियोगिता हुने भएको छ ।

हेटौंडा–६ स्थित चौघडा बजार क्षेत्रमा हुने प्रतियोगिता वैशाख १ गते विहान हुने आयोजक तरुण दल अध्यक्ष कमल कोइरालाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘प्रतियोगिताको तयारी करिब करिब सकिएको छ । हामीले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई औपचारिकरुपमा आमन्त्रण गरिसकेका छौं ।’, कोइरालाले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको बताए ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैया“, द्वितीयले दशहजार रुपैया“ र तृतीयले पा“चहजार रुपैया“ प्राप्त गर्नेछन् । तरुण दल हेटौंडा–६ ले लामो समयदेखि यस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।