२०८१ बैशाख ७, शुक्रबार    

भोलीबाट हेटौंडा शिक्षक भलिबल प्रतियोगिता

२०७८ चैत्र २४, बिहीबार १८:३५ बजे

शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाका आयोजनामा शुक्रबारबाट हेटौंडामा विद्यालयस्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रथम नगरस्तरीय भलिबल प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा गोरक्षनाथ मावि र जनज्योति माविवीच खेल हुनेछ । प्रतियोगिताको चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय हुनेले क्रमशः २७ र १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीलाई पनि नगदको व्यवस्था गरिएको छ ।