२०८१ बैशाख १५, शनिबार    

फिफा रेफ्री मल्ल पनि विदेशिए

२०८० असार २४, आईतबार १९:३८ बजे

नेपाली फुटबलको भविष्यमा अनिश्चितता देखिएपछि दिन प्रतिदिन खेलाडीहरु विदेशिने क्रम जारी रहँदा अहिले त्यो सूचीमा फुटबल रेफ्रीहरु पनि थपिन थालेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो फरक पहिचान बनाएका फिफा सहायक रेफ्री युनाल मल्ल पनि विदेशिएका छन् । आफ्नो सुनिश्चित भविष्यका लागि रेफ्री मल्लले अमेरिकालाई आफ्नो गन्तव्य बनाएका हुन् ।

त्यसो त विदेश पलायन हुने मल्ल पहिलो रेफ्री भने होईनन् । यसअघि फुटबलमा राम्रो छाप छाडेका फिफा रेफ्री सुदिश पाण्डे पनि अहिले अष्ट्रेलियामा छन् । साथै उनको अष्ट्रेलिया बसाई लामो पनि भईसक्यो । यो सूचीमा एन्फा र राष्ट्रिय रेफ्रीहरु पनि अनगिन्ती छन् । जो गुमनाम रुपमा विदेशिन बाध्य छन् ।

पछिल्लो समय नेपाली फुटबलमो देखिएको नैराश्यता कै कारण खेलाडीहरु मात्र नभएर रेफ्रीहरु पनि विदेशिन थालेका छन् । र, यो क्रम आउने दिनहरुमा पनि निरन्तर जारी रहने निश्चित देखिएको छ ।