२०८१ बैशाख १५, शनिबार    

वनविज्ञानमा विद्यार्थीद्वारा तालाबन्दी

२०७९ भाद्र १, बुधबार १३:२३ बजे

माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) ले विभिन्न समयमा पेश गर्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन विज्ञान क्याम्पसमा विद्यार्थीले मंगलबार तालाबन्दी गरेका छन् ।

उनीहरुले मागहरु पूरा गर्न क्याम्पस प्रशासन चुकेको र गुणस्तरीय शिक्षाको नैसर्गिक अधिकारको हनन भएकाले क्याम्पसमा तालाबन्दी गरेको जनाएको छ ।

पठनपाठन नियमित र प्रभावकारी ढंगले सञ्चालन गर्न, आगामी सेमेस्टरबाट नियमित र प्रभावकारी ढंगले पठनपाठन गराउने प्रतिवद्धता व्यक्त गर्न विद्यार्थीले माग गरेका छन् । उनीहरुले लामो समयदेखि यसका विरुद्धमा क्याम्पसमा आवाज उठाउँदै आइरहेका छन् ।