२०८१ बैशाख १७, सोमबार    

मकवानपुर क्याम्पसको अध्यक्षमा अनन्त पौडेल चयन

२०८० भाद्र २९, शुक्रबार १६:५४ बजे

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा–२ को सञ्चालक समिति अध्यक्षमा अनन्तप्रसाद पौडेल चयन भएका छन् ।

शुक्रबार भएको क्याम्पसको १७ औं क्याम्पससभाबाट उनको अध्यक्षतामा नौ सदस्यीय क्याम्पस सञ्चालक समिति सर्वसम्मतरुपमा गठन भएको हो । समिति सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रीप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, डा. कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने तथा सर्केश घलान रहेका छन् ।

भेलाले लेखा समिति संयोजकमा नवराज अर्याल तथा सदस्यहरुमा ध्रुबप्रसाद भुजेल, रमिलाकुमारी सापकोटा र अप्सरा बस्नेतलाई चयन गरेको छ ।