२०८१ बैशाख १५, शनिबार    

भरतपुरमा भि एक्स एल कन्सल्टेन्टको नयाँ शाखा

२०८० आश्विन ७, आईतबार ०८:५७ बजे

चितवनको भरतपुरमा भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टको नयाँ शाखाको सुभारम्भ गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच भि एक्स एलले आफ्नो पाँचौ शाखा चितवनको भरतपुरमा खोलेको हो । भि एक्स एलका नेपाल डाइरेक्टर एम डि न्यौपाने र राजेन्द्र कुमार लेखक द्वोयले संयुक्त रुपमा भरतपुर -१० मा उक्त शाखाको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन चितवन र आसपासका जिल्लाका २१४ विद्यार्थीहरुले अवलोकन गरेको भि एक्स एल भरतपुरका शाखा प्रमुख सर्वजित थापाले जानकारी दिए ।

उनका अनुसार शाखाले आएलटिएस, पिटिइ तथा वैदेशिक परामर्शका सेवा प्रवाह गर्नेछ । उद्घाटन अवसरमा उक्त सेवाहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । सो अवसरमा बोल्दै डाइरेक्टर न्यौपानेले चितवन र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानाडा,युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुलाई सहजता प्रदान गर्नेछ ।

भीएक्सएलले सर्टिफिकेट मात्रै भन्दा सीप समेत सिकेर अध्ययनका लागि विदेश विशेष प्राथमिकताका साथ परामर्श दिने गरेको उनले बताए । भीएक्सएलको अष्ट्रेलिया,फिलिपिन्समा पनि शाखा कार्यालय रहेको उनको भनाई छ ।