२०८१ बैशाख २०, बिहीबार    

डिभिजन वन कार्यालय मरिणको भवन उद्घाटन

२०८० आश्विन १८, बिहीबार ०८:४२ बजे

डिभिजन वन कार्यालय मरिण, कपिलकोट सिन्धुलीको नवनिर्मत कार्यालय भवन उद्घाटन गरिएको छ ।

वाग्मती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खड्काले नवनिर्मित भवनको उद्घाटन गरेकी हुन् । भवनको उद्घाटन गर्दै मन्त्री खड्काले प्रदेश सरकारले गरिरहेको कामको विषयमा जानकारी गराएकी थिइन् ।

भवन उद्घाटन समारोहमा सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला समन्वय समिति सिन्धुली प्रमुख शान्ता कार्कीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा डिभिजनल वन अधिृकत पुष्पराज बर्तौलाको सभाध्यक्षतामा भएको थियो ।