२०८१ बैशाख २०, बिहीबार    

हेटौंडा–९ मा अब नयाँ भवनबाट सेवा

२०८० चैत्र २८, बुधबार १९:११ बजे

हेटाैंडा उपमहानगरपालिका वडा ९ काे कार्यालय भवन उद्घाटन गरिएकाे छ ।

६७ लाख बजेटमा निर्माण गरिएकाे कार्यालयबाट अब सहज सेवा प्रवह गर्न सकिने वडा अध्यक्ष सुकराम केसीले बताए ।

बुधबार नगर प्रमुख मिना कुमारी लामा र उपप्रमुख राजेश बाँनियाले भवनकाे उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर कार्याकारी प्रमुख रामबाबु पुरी, वडा अध्यक्षहरु सविन न्योैपाने, जुना दहाल, पेम्वा लामा, सुनिल मोक्तान, फुर्वा दोर्जे लामालगायतकाे उपस्थिति रहेकाे थियाे ।

भवन जति सुन्दर छ त्यसैगरि सेवा प्रवाह पनि सहज र सुन्दर तरिकाले गर्न लामाले निर्देशन दिइन् । ९ नम्बर वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्नकाे लागि अझै स्वास्थ्यकेन्द्रकाे आवश्यकता परेकाे अध्यक्ष केसीले बताए । भवन निर्माणकाे लागि करीव ३५ लाख रुपैया आवश्यक परेकाे केसीले बताए । बजेट प्राप्त हुन सकेमा यही आर्थिक वर्षमा भवन निर्माण सक्ने उनले बताए । 

वडा कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा विभिन्न निर्माण कम्पनी तथा उपभाेत्ता समितिहरुलाई सम्मान गरिएकाे थियाे ।