हेटौंडा/ नेकपा एमाले मकवानपुरले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाको दशवटा स्थानीय तहमध्ये ६ वटामा जीत हासिल गरेको एमालेले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको हो । हेटौंडा–५ स्थित एमाले पार्टी कार्यालयमा मंगलबार दशवटा स्थानीय तह जनप्रतिनिधिको भेला सम्पन्न गरेको छ । भेलामा एमालेको चुनावी रणनीति, कार्ययोजना र संगठन विस्तारको विषयमा छलफल भएको थियो ।
नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको भेलामा जिल्ला इञ्चार्ज रामेश्वर रानाले चुनावी रणनीतिको विषयमा आफ्नो धारणा राखेका थिए । भेलामा एमालेबाट जिल्लाको विभिन्न स्थानीय तहमा निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका तथा न्यापालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।